२५ बैशाख २०८१, मंगलबार

स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न राष्ट्रिय जनमोर्चाको माग

प्रकाशित मिति :  25 August, 2020 12:29 pm


काठमाडौं, ९ भदौ ।

राष्ट्रिय जनमोर्चाले कोरोना महामारीमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी कोरोना रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सकारात्मक मान्दै यसमा सबैको साथ र समर्थन आवश्यक हुने भएकाले चिकित्सकमाथिको दुव्र्यवहारको विरोध गर्नुभयो ।

हाल विभिन्न ठाउँमा चिकित्सकमाथि दुव्र्यवहारका समाचार आइरहेको छन् । “स्वास्थ्यकर्मीलाई डेरा, होटल तथा टोलमा बस्न नदिने र उनीहरुमाथि दुव्र्यवहार गर्ने कुरा सही होइन । त्यसको हामी विरोध गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “त्यस प्रकारको व्यवहार गर्नेलाई कारबाही हुनुपर्दछ ।

स्वास्थ्यकर्मीलाई त्यस प्रकारको व्यवहारबाट रक्षा गर्न र चुनौतीपूर्ण घडीमा पनि उनीहरुको सेवाको कदर गर्दै आवश्यक सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछौँ ।” विज्ञप्तिमा मुलुकको राष्ट्रिय झण्डा जलाएर साम्प्रदायिक सद्भाव बिथोल्न खोज्नेलाई पनि कारबाहीको माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !