२३ बैशाख २०८१, आइतबार

उपप्राध्यापक पदका परीक्षार्थीहरुले गरे परीक्षा बहिस्कार

प्रकाशित मिति :  19 November, 2019 8:14 am


मंसिर ३ काठमाडौं, त्रिवि सेवा आयोगको उपप्राध्यापक पदमा मङ्गलबार भएको लिखित परीक्षा परीक्षार्थीहरुले बहिस्कार गरेका छन् । कम्प्युटर विज्ञान दोस्रो खण्डको विषयगत परीक्षाको प्रश्नपत्र त्रिवि सेवा आयोगद्वारा संशोधित पाठ्यक्रमको ढाँचा अनुरुप नभएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।

ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस केन्द्रका परीक्षार्थीले प्रश्नपत्र गैरविषयको समेटिएको भन्दै बहिस्कार गरेका हुन् । कम्प्युटर विज्ञानको विषयगत परीक्षा भएपनि सिलेबसभन्दा बाहिर गएर इलेक्ट्रोनिक्सको असम्बन्धित प्रश्नपत्र सोध्ने काम भएकाले आफूहरुले परीक्षा बहिस्कार गरेको परीक्षार्थी रमेश न्यौपानेले जानकारी दिए ।

उनले सोमबार पनि यस्तै असम्बन्धित प्रश्न सोधिएको र मङ्गलबार सोही गल्ती दोहोरिएको पाइएपछि परीक्षा बहिस्कार गरिएको बताए ।

परीक्षार्थीहरुले यो परीक्षालाई रद्द गर्दै पुन: परीक्षाको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !