११ बैशाख २०८१, मंगलबार

कर भुक्तानीमा सहुलियपूर्ण व्यवस्था गरिदिन सरकारलाई क्यानको आग्रह

प्रकाशित मिति :  10 September, 2020 1:44 pm


काठमाडौं, २५ भदौ ।

कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) ले कर भुक्तानीमा  सहुलियत दिन माग गरेको छ ।

महासचिव नारायण थापाले विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प रहेको बेला सरकारले भदौ २५ गतेभित्र कर विवरण तथा भुक्तानी गर्ने पर्ने र नतिरेमा जरिवाना लाग्ने व्यस्था अव्यवहारिक रहेको बताएका छन् । महासचिव थापाले जारी गरेका
विज्ञप्तिमा कर भुक्तानीमा सहुलियतपूर्ण व्यवस्था गरिदिन भनिएको छ ।

प्रविधिको विस्तार र पहुँचले अफ्ठेरो समयमा आम जनतालाई अत्यावशयक सेवा लिन र व्यवससायीलाई सेवा दिन सहज र सुरक्षित हुने भएको सूचना प्रविधिको विकासमा ध्यान दिन पनि क्यानले आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,“ यस क्षेत्रका व्यवसायलाई यथासम्भव सुविधा वा सहुलियत दिई प्रोत्साहित गर्नुहुन सरोकारवालाहरुलाई क्यान महासंघ अनुरोध गर्दछ । ”



प्रतिक्रिया दिनुहोस !