८ जेष्ठ २०८१, मंगलबार

उपराष्ट्रपति पुनद्वारा नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान

प्रकाशित मिति :  19 November, 2019 6:08 pm


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधी जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गर्नुभएको छ । मंगलबार दिउँसो उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपाधी जित्ने राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक र खेलाडीहरुलाई सम्मान गर्नुभएको हो ।

उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश भट्टलाई लिखित बधाई सन्देश हस्तान्तरण गर्नुभयो। उपराष्ट्रपति पुनले सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपमा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई खादा लगाएर सम्मान गर्नुभयो ।

खेलाडीहरुलाई सम्मान गर्दै पराष्ट्रपति पुनले भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधी दिलाएर राष्ट्रिय महिला भलिबल खेलाडीहरुले राष्ट्रको गौरव र प्रतिष्ठा बढाएको बताउनुभयो।



प्रतिक्रिया दिनुहोस !