४ जेष्ठ २०८१, शुक्रबार

आजदेखि अधिकमास शुरू

प्रकाशित मिति :  18 September, 2020 3:08 pm


‌ काठमाडाै, २ असाेज । 

आजदेखि अधिकमास शुरू भएकाे छ । साैर्य मास अर्थात संक्रान्तिदेखि मसान्तभित्र दुईवटा औसीं पर्न गए या दुईटा औंसीकाे विचमा सूर्य संक्रान्ति आएन भने त्यस महिनालाई अधिकमास भनिन्छ । पाैराणिक कथा अनुसार यस अधिकमासकाे अधिपति भगवान विष्णु भएकाले यस महिनालाई पुरूषाेत्तममास  पनि भनिन्छ । याे वर्ष अधिकमास असाेज २ गतेदेखि असाेज ३० गते सम्म रहेकाे छ । यसले गर्दा यस वर्षकाे महान चाड दशैं र तिहार १ महिना पछि पर्न गएकाे छ ।

सनातन धर्ममा अधिकमासकाे समयमा शुभ र मंगल कार्य वर्जित गरिएकाे छ । यस समयमा शिलान्यास, गृहप्रवेश, बिहे, ब्रतबन्ध, यज्ञ र नँया कार्यकाे थालनी गर्न शास्त्रले निषेध गरेकाे छ । यस समयमा नव विवाहित जाेडी सँगैबस्न नहुने भनि भनिएकाे छ । अधिकमासमा गर्वधारण गरेमा सन्तानमा मानसिक र शारिरीक अवस्था राम्राे नहुनाले यस्ताे बेला नव विवाहित जाेडीलाइ सँगै बस्न बन्देज गरिएकाे छ ।

पाैराणिक सिद्धान्त अनुसार अधिकमासमा विष्णु भगवानकाे जप, पुजा, पाठ, ध्यान, भजन कीर्तन, विष्णुपुरान लगाएत पुरूषाेत्तम माहात्म्य आदिकाे पाठ गर्नाले फलदायीहुने र सबै पापकाे प्रायश्चित भई मनाेकामना पुरा हुने शास्त्रीय वचन रहेकाे छ ।  

 



प्रतिक्रिया दिनुहोस !