१४ बैशाख २०८१, शुक्रबार

१३ विधार्थी संगठनले शिक्षामन्त्रीलाई बुझाए मागपत्र

प्रकाशित मिति :  18 September, 2020 5:32 pm


काठमाडाै, २ असाेज । 

अनेरास्ववियु, नेपाल विधार्थी संघलगाएत १३ विधार्थी संगठनहरूले विभिन्न माग राखी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि प्राेखरेललाई सात दिने अल्टिमेटम दिएका छन् । माग पुरा नभए संर्घषका थप कार्यक्रम सार्वजनिक गर्ने जानकारी गराएका छन्

शुक्रबार संयुक्त विधार्थीआन्दाेलनका तर्फबाट नेविसंघका अध्यक्ष राजिव ढुंगानाले मन्त्री प्राेखरेल ज्ञापनपत्र बुझाएका हुन ।

निजी विधालय तथा क्याम्पसहरूले अनलाइन कक्षााकाे नाममा अनियमित र गैरकानुनी चर्काे शुल्क उठाएकाे पाइएकाे र भाैतिक रूपमा कक्षा सचांलन नगर्दै शुल्क लिने शिक्षणसंस्थालाई कारबाही गर्न र सरकारले भर्ना गर्न सार्वजनिक  गरेकाे मितिदेखी ताेकिएकाे शुल्क लिन पाउने माग गरेका छन्।

पाेखरा, नेपाल संस्कृत, कृषि तथा वनलगाएतका विश्वविधालयमा पदाधिकारी खाली हुँदा ती विश्वविधालयमा दलीय भागबण्डा नगरी खूल्ला प्रतिस्पर्धाकाे आधारमा तत्काल पदाधिकारी नियुक्तिकाे माग गरेका छन् ।

त्यस्तै शिक्षणसंस्थामा बनाएका सम्पुर्ण क्वारेन्टिन हटाउन र शैक्षिकसत्र खेर नजाने गरी पठनपाठनकाे याेजना बनाई कक्षा संचालनकाे वातावरण बनाउन माग उनीहरूको छ ।



प्रतिक्रिया दिनुहोस !