१५ बैशाख २०८१, शनिबार

सौराहाबाट दैनिक पर्यटक बस सेवा सञ्चालन

प्रकाशित मिति :  23 September, 2020 12:47 pm


चितवन, ७ असाेज ।

चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौं र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो । सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौं र काठमाडौंदेखि सौराहाका लागि दैनिक बस सञ्चालन गरेको छ ।

झण्डै नौ महिनासम्म थन्किएका बस खासै यात्रु नभए पनि सरकारको निर्णयअनुसार सञ्चालन गरिएको ट्राभलका सञ्चालक गणेश दाहालले बताए । “बसको स्यानिटाइजेसन, यात्रुको सामाजिक दूरी, ज्वरो मापनसहितको उच्च स्वास्थ्य सुरक्षासहित सेवा थालिएको छ”, उनले भने । बाबा ट्राभल्सका दुई बस एउटा काठमाडौं जाने र एउटा काठमाडाैंबाट सौराहा आउने गरेका छन् ।

“सौराहा आउने पर्यटक छैनन्”, दाहालले भने“ परिस्थिति सामान्य हुने आशमा बस चलाएका हौं ।” मङ्गलबार चितवनबाट १० यात्रु लिएर काठमाडौँ गएको बसले आज आठ यात्रु मात्र ल्याएर आएको उनले बताए । सौराहाबाट चितवन सफारीले पनि काठमाडौँका लागि पर्यटक बस चलाउन शुरु गरेको छ । यस्तै संजोग ट्राभलले पोखराका लागि सौराहाबाट बस सञ्चालन गरेको क्षेत्रीय होटल सङ्घ सौराहाले जानकारी दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस !