१३ बैशाख २०८१, बिहिबार

नेपाल र इजरायलबिच श्रम सम्झौता हुने

प्रकाशित मिति :  23 September, 2020 8:21 pm


काठमाडौ ७ असोज । नेपाल इजरायल सरकारबीच श्रम सम्झौता हुने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्यलाई नेपाल सरकारको तर्फबाट इजरायल सरकारसँग श्रम सम्झौता गर्न अनुमति दिने निर्णय गरेको हो। जि टु जी सम्झौता मार्फत इजरायलमा केयर गिभरका काममा लागि महिला कामदारलाई पठाइने भएको हो ।

सरकार मार्फत गएका नेपाली कामदारलाई त्यहाँका कामदारले झै समान तलब सुविदा  हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !