१३ बैशाख २०८१, बिहिबार

तेह्रथुमकाे श्री गाैखुरी मा.वि टाेल-टाेलमा विधार्थी पढाउदै

प्रकाशित मिति :  24 September, 2020 4:24 pm


तेह्रथुम, ८ असाेज । 

तेह्रथुम जिल्लाकाे मेन्छ्यायेम गाँउपालिकामा पर्ने श्री गाैखुरी माध्यमिक विधालयले आफ्ना विधार्थी खाेजी गरी टाेल- टाेलमा कक्षा संचालन गरेकाे छ । काेराेना भाइरसका कारण गत चैत्रदेखि बन्द भएका विधालय असाेजदेखि टाेल टाेलमा विधार्थी जम्मा गरी पठनपाठन शुरू गरेकाे श्री गाैखुरी माध्यमिक विधालयका शिक्षक सतिस भट्टराई बताउछन् ।

विधालयले गाँउपालिकाकाे ९ वटा स्थानमा टहरा बनाइ सामाजिक दुरी कायम गरी कक्षाा संचालन गरिएकाे उनी बताउछन् । उनका अनुसार टाेलका ९ स्थानमा शिक्षकहरूले पालैपालाे कक्षा संचालन गरिरहेका छन्,  भर्खर मात्र कक्षा शुरू भएकाे कारण विधार्थी कममात्रामा उपस्थित भएका छन् । प्राइभेट विधालयले पहिलादेखि नै भर्चुअल कक्षा संचालन गरेता पनि सरकारी विधालयमा सम्भव नभएका कारण टाेल टाेलमा पठनपाठन शुरू गरेकाे उनी बताउछन् ।

विधालयको कक्षाकाेठामा पढाएकाे जस्ताे सहज वातावरण नभएता पनि विधार्थीलाई केहीहद सम्म भए पनि सहजिकरण हुने उनकाे भनाई रहेकाे छ ।  केही समय अगाडिमात्र प्रदेश नं .१ काे पहलमा प्यानलबाेर्डबाट कक्षा संचालन गरिरहेकाे विधालयले अब छिट्टै टाेलमा पनि विधुतीय बाेर्ड मार्फत कक्षा संचालन गर्ने वातावरण बनाईरहेकाे उनकाे भनाई छ । अहिले सामान्य तरीकाबाटनै कक्षा शुरू गरिएता पनि विस्तारै व्यवस्थित तरीकाले कक्षा संचालनकाे वातावरण बनाउने उनी बताउछन् ।

 

 



प्रतिक्रिया दिनुहोस !