२१ बैशाख २०८१, शुक्रबार

पपअप सेल्फी हटाउदै वनप्लस

प्रकाशित मिति :  23 November, 2019 9:27 pm


काठमडाैं, ७ मंसिर

फ्ल्यागशीप किलर वनप्लसले आफ्नो आगामी उत्पादनमा पपअप सेल्फी क्यामरा नराख्ने भएको छ । हालै बाहिरिएको वनप्लस एट प्रोको डिजाइनमा पपअफको साटो पंचहोल सेल्फी राखिएको देखिएको छ ।

वनप्लसले पपअफलाई प्राथमिकता दिँदै आएको छ भने पंचहोललाई पनि छाडेको छैन । उपभोक्ताको मिश्रित प्रतिक्रियाकाबीच कम्पनीले डिजाइन परिवर्तन गरेको टेक मिडियाहरुको विश्लेषण छ । यसअघि बजारमा वानप्लसको आगामी उत्पादन वान प्लस एट हालै ‘ट्रु–टेक’ ले सार्वजनिक गरेको वानप्लस ८ प्रोको उक्त डिजाइन वानप्लस कम्पनीकै कर्मचारीबाटै प्राप्त भएको जनाएको छ । जसमा वानप्लस प्रो डबल फ्रन्ट क्यामरा र वानप्लस एट सिंगल फ्रन्ट क्यामराको साथमा आउने छ । स्मार्टफोनमा तीन वटा रियर क्यामरा हुनेछ ।

हाल बजारमा रहेको वानप्लस सेभेन प्रोको जस्तै क्यामरामा वाईड, अल्ट्रावाइड र टेलिफोटो लेन्सहरु रहेका छन् । नयाँ आउने फोनको पछाडिको क्यामरा भागमा ‘टाइम–अफ–फ्लाइट सेन्सर’ थप गरिएको छ । जसले फोटोलाई थप स्पष्ट बनाउन मद्दत गर्ने जनाइएको छ । साथै क्यामरामा ‘टु–टोन फ्ल्यास’ प्रयोग गरिएको छ । वनप्लस फ्यान बेस कम्पनी भएकाले फ्यानहरुको प्रतिक्रियालाई लिएर यसो गरिएको अनुमन गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !