२३ बैशाख २०८१, आइतबार

प्रसुतिगृहमा एकै पटकमा ५ जना बच्चा जन्मिए

प्रकाशित मिति :  5 October, 2020 6:13 pm


काठमाडाैं, १९ असाेज ।

काठमाडाैकाे थापाथलीमा एकै पटकमा ५ जना बच्चा जन्मिएका छन् । नुवाकाेटकी २८ वर्षीय साेमिका तामाङले ५जना शिशुलाइ जन्म दिएकी हुन । जन्मिएका ५ मध्ये एक जनाकाे जन्म हुनु अगाडिनै मुत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

प्रसृतिगृह अस्पतालका स्त्री तथा प्रसृति राेग बिषेशेषज्ञ डा. कृतिपाल सुवेदीकाे नेत्तृत्वमा साेमबार बिहान शल्यतक्रिया मार्फत बिहान ५ जना शिशुकाे जन्म भएकाे हाे ।  तिमध्ये एक जनाकाे जन्म हुनु अगाडि मृत्यु भएकाे हाे ।

अस्पतालका अनुसार जन्मिएका ४ जना बच्चालाइ एनअाइसीयुमा अब्जरभेसनमा राखिएकाे छ । ती ४ जना शिशुकाे अवस्था सामान्य रहेकाे अस्पताले जनाएकाे ।

जन्मिएका शिशुकाे ताैल क्रमश १ किलाे ९ सय ग्राम, १ किलाे ८ सय ग्राम, १ किलाे ६ सय ग्राम र एक जनाकाे ८सय ग्राम मात्र रहेकाे छ । यसरी एक पटकमा ५ जना बच्चा जन्मिने एकदमै कम रहेकाे अस्पताले जनाएकाे छ ।

 

 



प्रतिक्रिया दिनुहोस !