२१ बैशाख २०८१, शुक्रबार

क्यान महासंघ अध्यक्षमा कुँवर

प्रकाशित मिति :  24 November, 2019 8:59 am


काठमाडौं, ८ मंसिर

कम्प्यूटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को अध्यक्षमा नवराज कुँवर निर्वाचित भएका छन्। सनिबार राति सम्पन्न चुनावका खसेको मतको ५६ प्रतिशत मत प्राप्त गरि कुँवर विजय भएका हुन्।

नव निर्वाचत अध्यक्षले आगामी २ वर्षको लागि क्यानको नयाँ नेतृत्व गर्नेछन् । निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीद्धय सुनैना घिमिरे पाण्डे प्यानल र नवराज कुँवर प्यानलबीच प्रतिस्पर्धा भएको थियो  । पदाधिकारीमा भने दुई प्यानलको मिश्रित परिणाम आएको छ।  निर्वाचनमा कुँवर प्यानलबाट २१ र निर्वाचित भएका छन भने १८ जना पाण्डेसमूहबाट निर्वाचित भएका छन् ।

नव निर्वाचत अध्यक्षले आगामी २ वर्षको लागि क्यानको नयाँ नेतृत्व गर्नेछन् । औपचारीक घोषणा भने हुन बाँकी छ । तिब्र प्रतिस्पर्धाका बिच भएको मतदानमा क्यानका विभिन्न विधाका सदस्यहरुले मतदान गरेका थिए । क्यानमा संस्थागत, व्यक्तिगत, संस्थागत आजिवन, व्यक्तिगत आजिवन र प्रदेश स्तरिय मतदाताहरुले आफ्नो आफ्नो विधाका उम्मेदवारहरुलाई मतदान गरे।

क्यानको कुल ४३ जनाको कार्यसमिति मध्ये अध्यक्ष र ३८ जना सदस्यहरुको प्रत्यक्ष निर्वाचन हुने गर्दछ । जसमध्ये १४ जना प्रदेशहरुबाट, व्यक्गित समूहको १० मध्ये व्यक्तिगत साधारणबाट ७, व्यक्तिगत आजिवन सदस्यहरुबाट ३ जना हुनेछ भने संस्थागत समूहतर्फ १० जनामध्ये संस्थागत साधारण सदस्यबाट ७ जना र संस्थागत आजिवन सदस्यबाट ३ जना आउने छन् । विषयगत समूहबाट ४ जना हुनेछ भने लेखासमिति सदस्यमा ३ जना निर्वाचित हुन्छन् ।

क्यानमा व्यक्तिगततर्फ ५३६ जना, व्यक्तिगत आजिवनतर्फ ६९, संस्थागत तर्फ १८५ जना, संस्थागत आजिवनतर्फ ३४ र क्षेत्रगत सदस्यहरु १० र जिल्ला तथा प्रदेशतर्फ ३४९ जना मतदाता रहेका थिए ।निर्वाचन अघि नै कुँवर पक्षबाट १४ जना र पाण्डे पक्षबाट ४ जना निर्विरोध निर्वाचित भईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !