२२ बैशाख २०८१, शनिबार

काठमाडाैं उपत्यकामा मात्रै २५४० संक्रमित थपिए

प्रकाशित मिति :  8 October, 2020 5:12 pm


काठमाडाैं, २२ असाेज । 

पछिल्लाे २४ घण्टामा काडमाडाैं उपत्यकामा २ हजार ५ सय ४०  जना काेराेना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार काठमाडाैंमा  २ हजार ८५ जना, भक्तपुरमा १ सय ३५ जना र ललितपुरमा ३ सय २० जना गरी थप २ हजार ५ सय ४० जनामा काेराेना संक्रमण पृष्टि भएकाे हाे । जसमध्ये ९ सय ९२ महिला र १ हजार ५ सय ४८ जना पुरुष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !