२६ बैशाख २०८१, बुधबार

नेप्से परिसुचक ९.४२ अंकले घट्याे

प्रकाशित मिति :  13 October, 2020 4:11 pm


 काठमाडाैं, २७ असाेज । 

साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से घटेको छ । मंगलबार सेयर बजार मापक परिसूचक नेप्से ९.४२ अंकले घटेर १५६८.५९ अंकमा झरेको छ । प्रि-ओपनिङ सेसनमा ५ अंकभन्दा बढीले वृद्धि भएर १५८३.३९ अंकमा खुलेको नेप्से बजार केही समय करिब स्थिरजस्तै देखिएको थियो । ११ बजेर २४ मिनेटमा मंगलबारको उच्च बिन्दु १५८४.८४ अंक सम्म पुगेपनि त्यसपछि भने नेप्से ओरालो लाग्‍न पुग्यो भने करिब १० अंकले घटेर बजार बन्द भयो

हाइड्रोपावर, वित्त कम्पनीसँगै बजारलाई नेतत्व गर्ने बैंक समूहको सूचक घट्दा नेप्से पनि घटेको हो । मंगलबार हाइड्रोपावर समूहको सूचक सवार्धिक २.०४, वित्त कम्पनी समूहको सूचक १.९२ प्रतशत र बैंकिङ समूहको सूचक ०.६१ प्रतिशतले घटेको छ । मंगलबार नेप्सेमा व्यापार उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको सूचक रातो भएको छ ।



प्रतिक्रिया दिनुहोस !