१५ बैशाख २०८१, शनिबार

कार्तिक १ गतेदेखि शक्त्तिपीठहरु खुल्ने

प्रकाशित मिति :  14 October, 2020 2:36 pm


काठमाडाैं, २८ असाेज । 

काेराेना संक्रमणकाे जाेखिमका कारण गत चैत्रदेखि बन्द भएका सबै देवीदेवताका शक्त्तिपीठहरु कार्तिक १ गते घटस्थापनाका दिन देखि खुल्ने भएका छन् । काठमाडाैं उपत्यकामा रहेका मैतिदेवी, गुहेश्वरी, भद्रकाली, वंगलामुखी, दणिक्षकाली, लगाएयतका शक्त्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका हुन ।

दशैँकाे बेला विभिन्न देवीदेवताहरुकाे विषेश पुजा हुने भएकाले शक्त्तिपीठहरु खाेल्ने पर्ने बाध्यता रहेकाे मन्दिर व्यबस्थापनले बताएका छन् । मैतिदेवि मन्दिर क्षेत्र प्रबन्ध समितीका सचिव राजाराम कपालीले दशैँकाे बेलामा बिषेश पुजाअाजा हुने भएकाले मन्दिर खाेल्नु पर्ने बाध्यता रहेकाे बताए । तर सरकारकार बाट केही निर्णय नअाएकाे उनले जानकारी दिए ।

स्थानिय भक्तजनहरुकाे अाग्रहमा घटस्थापनादेखि भीडभाड नहुने गरी भक्तजनहरुका लागि खुल्ला गरिने उनले बताए । अन्य क्षेत्रलाइ खाेल्ने निर्णय गरिए पनि मठमन्दिरमा भीडभाड हुने भएकाले सरकारले अहिलेसम्म नित्य पुजा बाहेक सर्वसाधारणका लागि मन्दिर खाेल्ने निर्णय गरिसकेकाे छैन ।



प्रतिक्रिया दिनुहोस !