१६ चैत्र २०८०, शुक्रबार

बानेश्वरको ग्लाेबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

प्रकाशित मिति :  15 October, 2020 4:12 pm


काठमाडौं, २९ असोज । 

बाने़श्वरको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि ग्राहकले नै खुकुरी प्रहार गरेका छन्।

बुधबार दिउँसो काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर गुरुङमाथि बैंकको लाइनमा बसेका एक ग्राहकले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट गुरुङ घाइते भएका छन्।उनको हातमा गहिरो चाेट लागेको छ ।

सुरक्षा गार्डले लाइन मिलाउने क्रममा विवाद भएपछि एक ग्राहकले सुरक्षा गार्डको खुकुरी निकालेर उनैलाई खुकुरी प्रहार गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले  जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !