२७ बैशाख २०८१, बिहिबार

बुटवलमा घुस लिएकाे आराेपमा प्रहरी हवल्दार दम्पति पक्राउ

प्रकाशित मिति :  16 October, 2020 5:20 pm


बुटवल, ३० असाेज । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती ४ लाख घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेकाे छ ।

प्रहरीकाे थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिनका लागि पहल गरेवापत रु ४ लाख घुस लिएको आरोपमा हवल्दार शिवचन सहानी र उनकी श्रीमती निर्मला केवट शुक्रबार दिउँसाे पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगकाे कार्यलय बुटवलकाे टाेलीले विषेश सुचनाका अाधारमा स्टिङ अपरेसन गरेकाे थियाे । त्यहीब्रममा उनीहरुलाइ रुपन्देहीकाे सियारी गाँउपालिका ७ स्थित अमुवा बजारकाे खनाल मिठाइ पसलकाे घर नजिकबाट रंगेहात पक्राउ गरिएकाे अख्तियारकाे कार्यलय बुटवलले जानकारी दिएकाे छ ।

उनीहरुलाइ थुनामा लिइ थप अनुसन्धान भइरहेकाे कार्यलयले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !