११ बैशाख २०८१, मंगलबार

सिनामंगलस्थित केएमसी अस्पतालकाे तेस्राे तलाबाट बिरारीले हाम फाले

प्रकाशित मिति :  19 October, 2020 10:03 am


काठमाडाैं,३ कार्तिक । 

काठमाडाैंकाे सिनामंगल स्थित काठमाडाैं मेडिकल कलेजकाे तेस्राे तलाबाट एक जना बिरामीले हाम फालेका छन् ।

साेलुखुम्बु घरभइ उपचारका लागि काठमाडाै मेडिकल कलेजमा भर्ना भएका २६ बर्षिय राेशन खड्काले अस्पतालकाे तेस्राे तलाबाट हाफ फालेका हुन । उनी मानसिक राेगी भएकाे अस्पताले जनाएकाे छ । महानगरीय प्रहरीका गाैशालाका अनुसार उनी गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार हात खुट्टा पाेलेपछि उपचारका लागि अाइतबार मात्रै उनलाइ अस्पतामा भर्ना गरिएकाे थियाे । साेमबार बिहान अामा अाैषधी लिन गएकाे बेला उनले अस्पतालकाे तेस्राे तलाबाट हाफ फालेका थिए । घटनाकाबारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !