आज दशैंकाे तेस्राे दिन चन्द्रघण्टा देवीकाे पूजा गरिदै
काठमाडाैं, ३ कार्तिक ।
आज दशैंकाे तेस्राे दिन नव दुर्गामध्येकी तेस्री देवी चन्द्रघण्टा देवीकाे विशेष पूजा आराधाना र उपासना गरिदै मनाइदै छ । देवीकाे नाै रुपमध्ये चन्द्रघण्टा तेस्राे स्वरुप हाे ।
निधारमा घण्टकाे आकारमा आधा चन्द्रमा भएका कारण चन्द्रघण्टा नाम रहन गएकाे धार्मिक विश्वास गरिन्छ । चन्द्रघण्टा देवीकाेका शरीर सुन जस्ताै पंहेलाे रंगकाे हुने हुनाले यस दिनमा सुनाैलाे रंगकाे ब्रस्त्र धारण गरी आराधाना गर्नाले चन्द्रघण्टा देवी प्रशंन्न भइ मनले चिताएकाे कुरा पुग्ने विश्वार रहेकाे छ ।
दशवटा हातमा त्रिशुल, धनुस, वाण, खड्ग, चक्र, गदा, कमल, कमन्डलु, तरबार जस्ता अस्त्रले सजिएर सिहंमाथि चडेकी देवी चन्द्रघण्टाकाे आराधानाले वीरता, साैभाग्य र बाैद्धिकता प्राप्त हुने मान्यता रहेकाे छ । उनकाे पुजा गर्नाले सम्पुर्ण पाप र बाधाँहरु हट्ने विश्वास रहेकाे छ ।
आज काठमाडाैंकाे शाेभाभगवती , दक्षिणकाली, भद्रकाली, नक्साल भगवती लगाएत पुर्वकाे पाथीभा, काभ्रेकाे पलाल्चाेक भगवती, बाग्लुङका कालिका मन्दिरमा लगायत देशभरका शक्तिपीठमा दर्शनार्थीकाे भीड हुने गर्दछ तर याे बर्ष काेराेना महामारिका कारण सरकारले नित्यु पुजा पुजाका लागि मात्रै मन्दिरहरू खाेल्न नपाउने निर्णय गरेकाे छ ।








