२७ बैशाख २०८१, बिहिबार

सिनामगंलको केएमसी अस्पतालबाट हाम्फालेका व्यक्तिको मृत्यु

प्रकाशित मिति :  19 October, 2020 1:56 pm


काठमाडौं, ३ कार्तिक ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको तेस्रो तल्लाबाट हाम्फालेका रोशन खड्काको मृत्यु भएको छ । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय खड्काको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

केएमसी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।   बानेश्वर बस्ने रोशनको मानसिक अवस्था ठिक नभएको अस्पताल स्रोतले जनाएको छ ।

आईतबार डेरामा आफैंलाई आगो लगाएपछि हातखुट्टा पोलेका कारण आमाले उनलाई अस्पताल लगेकी थिइन् ।सोमबार बिहान आमा औषधी किन्न गएका बेला रोशनले अस्पतालबाट हाम्फालेर आत्महत्या प्रयास गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !