१४ बैशाख २०८१, शुक्रबार

प्युठानकाे माण्डबीमा बस दुर्घटना हुँदा बस चालककाे मृत्यु, ३ जना घाइते

प्रकाशित मिति :  20 October, 2020 1:09 pm


प्युठान, ४ कार्तिक । 

प्युठानकाे माण्डबी गाँउपालिका २ गाेलबाङमा यात्रुबाहक बस दुर्घटना हुँदा बस चालककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा दाङ घर भएका ४० बर्षिय तारा राना रहेकाे खुल्न अाएकाे छ ।  बसमा सबार ३ जना घाइते भएका छन् ।

त्यस्तै घाइते हुनेमा दाङकाे बंगलाचुली गाँउपालिका बस्ने ३० बर्षिय बसन्त विक, प्युठानकाे माण्डवी गाँउपालिका २ बस्ने ६६ बर्षिय गाेकर्ण अधिकारी, ४५ वर्षिय लक्षमी खत्री रहेकाे प्रहरीले जानकारी दिएकाे छ । घाइतेहरुलाइ उपचारका लागि दाङ पठाइएकाे छ ।

प्रहरीका अनुसार ना ४ ख ५५६१ नम्बरकाे बस सडकभन्दा करिव १ सय मिटर तल खस्रकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !