१३ बैशाख २०८१, बिहिबार

विप्लव नेतृत्वको नेकपाले सार्वजनिक गर्‍याे सरकारविरुद्ध संघर्षका कार्यक्रम

प्रकाशित मिति :  21 October, 2020 3:35 pm


काठमाडौ ५ कार्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

१५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको विप्लवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सरकार कोरोना महामारीको यस विषम परिस्थितमा असंवेदनशील र गैरजिम्मेवार बनेको आरोप लगाउँदै सबै नागरिकको निःशुल्क कोरोना परीक्षण र उपचारको व्यवस्था मिलाउना विप्लव नेकपाले माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !