७ जेष्ठ २०८१, सोमबार

१३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि फुटबलका खेलहरु सुरु

प्रकाशित मिति :  2 December, 2019 8:51 am


१३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि फुटबलका खेलहरु सुरु हुँदैछन् ।

दशरथ रंगशालामा आज हुने पहिलो खेलमा बंगलादेश र भुटान खेल्दैछन् । यो खेल दिउँसो एक बजे हुनेछ । साँझ पाँच बजे माल्दिभ्स र श्रीलंका आमने सामने हुनेछन् ।

नेपालको खेल भने भोलीमात्र रहेको छ । खेलअघि आयोजित प्रिम्याच कन्फरेन्समा सहभागी सबै टिमले तयारी सकिएको जनाएको थिए । तर माल्दिभ्सका प्रशिक्षक पिटर सेग्राटले भने खेलतालिका प्रति आपत्ती जनाएका थिए ।

फिफाको नियम अनुशार एउटा खेलपछि कम्तिमा २४ घण्टाको आराम चाहिने अवस्थामा अखिल नेपाल फुटबल संघले दिन–दिनै खेल हुन आफ्नो लागि मान्य नहुने बताए । खेलाडीलाई आराम गर्ने समय नै नभएकाले यो आपत्ती जनक रहेको प्रतिक्रिया थियो ।
श्रीलंकाका प्रशिक्षक मोहम्मद पेकर अलीले पनि माल्दिभ्सको प्रशिक्षकसँग सहमत जनाए ।

यता भुटान र बंगलादेशले भने त्यसमा आफ्नो प्रतिक्रिया दिएनन् । उनीहरुले आफू जित्नका लागि नेपाल आएको बताएका थिए ।
आज भलिबलतर्फ कास्य पदकका लागि खेल हुँदैछ ।

सेमिफाइनलमा भारतसँग पराजित भएको श्रीलंका र पाकिस्तानसँग पराजित भएको बंगलादेश कास्य पदकका लागि प्रतिष्पर्धा गर्दैछन् । महिलातर्फ श्रीलंका र माल्दिभ्स कास्य पदकका लागि खेल्दैछन् । महिलातर्फको सेमिफाइनलमा श्रीलंका नेपालसँग र भाल्दिभ्स भारतसँग हारेको थियो ।

आजदेखि करातेका खेलहरु संचालन हुँदैछन् । आज करातेमा आठ स्वर्णका लागि छिनोफानो हुनेछ । यस्तै तेक्वान्दोमा १० पदकको छिनोफानो हुनेछ ।



प्रतिक्रिया दिनुहोस !