८ जेष्ठ २०८१, मंगलबार

ट्रायथोलनमा नेपालकी सोनीले जितिन् पहिलो स्वर्ण

प्रकाशित मिति :  2 December, 2019 3:32 pm


पोखरा, १६ मङ्सिर
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ट्रायथोलनको ईलाईट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी छिन् ।

पोखरामा भएको महिला ट्रायथोलनमा उनले दक्षिण एशियामा पावर मानिने भारतलाई पछि पार्दै स्वण पदक हात पारेकी हुन् । उनले निर्धारित ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेकी हुन् ।
जीतसँगै सोनी १३ औं सागमा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी बनिन् ।

पौडीमा तेस्रो भएकी सोनी साइक्लिङमा दोस्रो भएकी थिइन् भने दौडमा पहिलो हुदै स्वर्ण हात पारेकी हुन्। साग अन्तर्गत ट्रायथोलनमा नेपालले जितेको यो पहिलो स्वर्ण हो ।

उक्त खेलको रजत र कास्य पदक भने भारतले हात पारेकाे  छ ।



प्रतिक्रिया दिनुहोस !