४ जेष्ठ २०८१, शुक्रबार

करातेका मण्डेकाजी श्रेष्ठले बनाए दोहोरो स्वर्णको कीर्तिमान

प्रकाशित मिति :  2 December, 2019 4:14 pm


काठमाडौं, १६ मङ्सिर
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा करातेको व्यक्तिगत पुरुष एकल कातामा नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई दास्रो स्वर्ण जिताएका छन् ।

काठमाडौं स्थितसातदोबाटोको कराते हलमा सोमबार भएको उक्त खेलमा मण्डेले नेपालका लागी दास्राे स्वर्ण पदक जिताएका हुन् ।

पुरुष एकल कातामा पाकिस्तानी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका मण्डेले त्यतिमा मात्र रोकिएनन्, पुरुष टिम कातामा पनि नेपाललाई स्वर्ण दिलाउन सफल भए । मण्डेकाजीसँगै प्रवीण मानन्धर र महसुस तामाङको टिमले पुरुष टिम कातामा पनि स्वर्ण जितेको हो ।

यससँगै उनी १३ औं सागमा दोहोरो स्वर्ण जित्ने पहिलो खेलाडी समेत बन्न सफल भएका छन् ।

१३औं सागमा ‘पावर हाउस’ मानिएको भारतले करातेमा भने सहभागिता जनाएको छैन । दोहोरो स्वर्ण विजेता मण्डेकाजी भन्छन्, “भारत नआएका कारण नेपाल सफल भएको होइन, भर्खरै भएको पाँचौं दक्षिण एसियाली च्याम्पियनसीपमा भारतलाई नै हराएर हामीले स्वर्ण जितेको हो त्यसैले, हाम्रा लागि बलियो प्रतिद्वन्द्वी पाकिस्तान र श्रीलंका नै थियो ।”



प्रतिक्रिया दिनुहोस !