तेह्रौँ साग : फुटबल–बङ्गलादेशद्वारा श्रीलङ्का पराजित
प्रकाशित मिति : 5 December, 2019 10:24 pm
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2019/12/FOOTBALL_NEPAL_VS_SRILANKA_SAG_20191204_1713-scaled.jpg?fit=2560%2C1707&ssl=1)
काठमाडाैं, १९ मंसिर
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई पराजित गरेको छ । बङ्गलादेशले श्रीलङ्कालाई १–० गोलले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा बङ्गलादेशका लागि महबबुर रहमानले निर्णायक गोल गरेका थिए । उनले खेलको १०औँ मिनेट गोल गरेका हुन् । जितसँगै बङ्गलादेशको तीन खेलबाट चार अङ्क पाएको बङ्गलादेश तेस्रो स्थानमा छ । साग पुरुष फुटबलमा नेपाल, भुटान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का सहभागी छन् । भारत र पाकिस्तानको पुरुष फुटबल टोली सहभागी छैन ।