४ जेष्ठ २०८१, शुक्रबार

भारत नेपालभन्दा दोब्बरले अगाडि

प्रकाशित मिति :  7 December, 2019 9:31 am


१३औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन सकिँदा पदक तालिकामा भारत नेपालभन्दा दोब्बरले अगाडि बढेको छ।

शुक्रबारका खेलहरू सकिँदा भारतले १९ स्वर्ण पदक आफ्नो पक्षमा पार्दै कूल स्वर्ण पदक सङ्ख्या ८१ पुर्‍याएको छ। भारतले हालसम्म ८१ स्वर्ण, ५९ रजत र २५ कांस्यपदकसहित कूल १ सय ६५ पदक हात पारेको छ।

१३औं सागको आयोजक राष्ट्र नेपाल पदक तालिकामा दोस्रो स्थानमा छ, तर नेपालको स्वर्ण पदक सङ्ख्या भारतको भन्दा करिब आधा (४०) मात्र पुगेको छ। शुक्रबार ५ स्वर्ण पदक हात पारेको नेपालले कूल स्वर्ण पदक ४१ पुर्‍याएको छ। शुक्रबार नेपालले गल्फमा २, भारात्तोलनमा १, पौडीमा १ र दौडमा १ स्वर्ण हात पार्न सफल भएको छ।



प्रतिक्रिया दिनुहोस !