१३ बैशाख २०८१, बिहिबार

आइसिटी अवार्ड–२०२० को तयारी पुरा, ग्राण्ड फिनाले शनिबार हुने

प्रकाशित मिति :  25 December, 2020 3:13 pm


काठमाडौं, १० पुस ।

पाँचौँ आइसिटी अवार्ड–२०२० को सम्पूर्ण तयारी सकिएको छ । अवार्ड आयोजक समितिका अध्यक्ष राजन लम्सालले ग्राण्ड फिनाले शनिबार हुने जानकारी दिएका छन् ।

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार राजधानीको सोल्टी क्राउन प्लाजामा हुने भएको हो । सूचना प्रविधि क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यका साथ यो अवार्ड हरेक वर्ष प्रदान गरिन्छ ।

अवार्ड कार्यक्रमका संयोजक राजन लम्सालले लिभिङ विथ आइसिटीको आयोजनामा हुने कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा योगदान पुर्याएका विभिन्न ११ विधामा सम्मान गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिए । अवार्ड २०२० का विजेताले विशेष सम्मान, शिल्डसहित अन्य सहुलियतपूर्ण कर्जासमेत प्राप्त गर्ने छन् ।

स्टार्ट अप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले सरकारको स्टार्ट अप कोषअन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधा पाउने अवार्डका संयोजक लम्सालले बताए ।

यस्तै पुरस्कृतलाई राष्ट्रिय वाणिज्य बैंकले रु १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने बताइएको छ । इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेलमार्फत विशेष आर्थिक पुरस्कार स्वरुप ३ लाख प्राप्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !