३० भाद्र २०८१, आइतबार

सागमा आज १३ खेल, महिला फुटबलमा स्वर्णका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा

प्रकाशित मिति :  9 December, 2019 8:44 am


१३ औैं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज १३ खेलहुँदैछन् ।  आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ ।

महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने छन् । कीर्तिपुरको क्रिकेट मैदानमा पुरुष क्रिकेट टिमको स्वर्ण पदकको छिनोफानो हुने छ । स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दा कास्य पदकका लागि नेपाल र माल्दिभ्स भिड्ने छन् । बास्केटबलमा आज सेमिफाइनलको खेल हुँदै छ । सेमिफाइनलमा नेपाल र भारत तथा श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

महिलाको इभेन्टमा नेपाल र माल्दिभ्स तथा भारत र भुटान भिड्ने छन् । थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल र फाइनल खेल आज हुने छ । बक्सिङमा आज ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । आर्चरमा पनि ४ स्वर्ण पदकको छिनोफानो लाग्ने छ । सुटिङमा आज एउटा स्वर्ण पदकको छिनो फानो लाग्ने छ । टेनिसमा महिला र पुरुषको सिंग्ल्स तर्फको स्वर्ण पदक भिडन्त हुँदछ । कुस्ती, जुडो, पौडीमा पनि स्वर्ण पदकको छिनोफानो लाग्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !