१९ बैशाख २०८१, बुधबार

नेपाल बंगालादेश बैंकद्धारा पुस्तकालय निर्माणका लागि ३ लाख सहयोग

प्रकाशित मिति :  1 January, 2021 3:27 pm


काठमाडौं । नेपाल बंगालदेश बैंकले फ्रेन्डशिप फाउन्डेसनलाई रकम हस्तान्त्रण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तरगत सामुदायिक पुस्तकालय भव निर्माणका लागि ३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । फाउण्डेसनले उक्त रकम शिला रेग्मी –आत्रेय) सामुदायिक पुस्तकालय निर्माणका लागि प्रयोग हुने छ ।

गोरखा केराबारी १ मा निर्माण हुन लागेको उक्त पुस्तकालयमा स्थानीय विद्यार्थी लगायत बासिन्दालाई सहज रुपमा विभिन्न पुस्तकहरु उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले जानकारी दिए ।

बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

उक्त रकम बैंकाका कार्यकारी अधिकृत श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा फाउन्डेसनका अध्यक्ष प्रकाशबाबु पौडेललाई हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !