१४ बैशाख २०८१, शुक्रबार

चुरे संरक्षण क्षेत्रमा विकास निर्माणका लागि नयाँ मापदण्ड तथा कार्यविधि

प्रकाशित मिति :  18 January, 2021 2:13 pm


काठमाडौं । सरकारले चुरे संरक्षण क्षेत्रमा विकास निर्माणका लागि नयाँ मापदण्ड तथा कार्यविधि जारी गरेको छ ।

राष्ट्रपति चुरे तराईं मधेश संरक्षण विकास समितिले चुरे संरक्षण क्षेत्रमा विकास निर्माणका लागि नयाँ मापदण्ड र कार्यविधि जारी गरेको हो । समितिको नयाँ मापदण्ड तथा कार्यविधिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा हिजो परिपत्र गरेको हो ।

विकास समितिले चुरे संरक्षण क्षेत्रमा हुने विभिन्न क्रियाकलापहरुलाई व्यवस्थित र दिगो बनाउने, वातावरण र विकासका सिद्धान्तहरुलाई एक आपसमा मैत्रीपूर्ण बनाउन उपयोगी हुन सकोस भन्ने मूख्य उद्देश्यका साथ नयाँ कार्यविधि जारी गरेको जनाएको छ ।

अब चुरे संरक्षण क्षेत्रमा रहेका जिल्लाका स्थानीय तहहरुले नयाँ कार्यविधि अनुसार काम गर्नुपर्ने छ । चुरे संरक्षण क्षेत्रमा १३७ वटा स्थानीय तह पर्दछन् ।

चुरे संरक्षण क्षेत्रमा विकास निर्माणका लागि नयाँ मापदण्ड तथा कार्यविधि हेर्न यहाँ क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस !