८ बैशाख २०८१, शनिबार

बाक्लो हुस्सुले हुम्लामा हवाई उडान प्रभावित

प्रकाशित मिति :  21 January, 2021 3:31 pm


काठमाडौ ८ माघ । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा लागेको बाक्लो हुस्सु र हुम्लामा चलेको हावाहुरीका कारण हिजोदेखि हवाई उडान प्रभावित भएको हो । हिजो बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका कारण हवाई सेवा प्रभावित भएको जनाइएको छ ।

नेपालञ्जको मौसम सफा भए पनि सिमकोटमा बिहानै चलेको हावाहुरीले हवाई उडान प्रभावित भएको हो । सुर्खेतमा मौसम सफा भए पनि जहाज नभएका कारण उडान हुन नसकेको हो । नेपालगञ्ज र सुर्खेतबाट सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लाका लागि उडान भर्ने गर्छन् ।

उडान नहुँदा नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु पनि हुम्लामै रोकिएका छन् ।



प्रतिक्रिया दिनुहोस !