१४ बैशाख २०८१, शुक्रबार

रोल्पा नगरपालिकाको स्थानीय पाठ्यक्रम : जलजला पहाडदेखि ‘रक गार्डेन’सम्म

प्रकाशित मिति :  24 January, 2021 1:23 pm


तस्बिर : रोल्पा नगरपालिका

रोल्पा । रोल्पाको रोल्पा नगरपालिकाले आफू मातहतका विद्यालयमा परीक्षणका लागि स्थानीय पाठ्यक्रम सुरु गरेको छ ।

पाठ्यक्रम कार्यान्वयन गर्न नगरपालिकाले एक चरण शिक्षकहरुका लागि प्रशिक्षण गरिसकेको छ । यस वर्ष परीक्षणका रुपमा स्थानीय पाठ्यक्रम पढाइने छ । अर्को शैक्षिक शत्रदेखि भने नियमित पढाई हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका मेयर पूर्ण के.सी.ले भने, “यस वर्ष परीक्षणकै क्रममा रहन्छ, हामीले एक चरणका लागि शिक्षकहरुलाई तालिमपनि सञ्चालन गरिसकेका छौं । अर्को वर्षदेखि नियमित रुपमा पढाइ सञ्चालन गर्ने सोंच बनाएका छौं ।”

रोल्पा नगरपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पठ्यक्रम सञ्चालन गर्न लागेको हो । १ देखि ३ कक्षासँग स्थानीय पाठ्यक्रम सञ्चालन हुने छ ।

मेयर के.सी.का अनुसार जिल्लाको धार्मिक,सांस्कृति, पर्यटकीय, रहनसहन लगायतका विषय पाठ्यक्रममा समावेश गरिएको छ ।

मेयर के.सी.ले स्थानीय विशेषता अनुसार पाठ्यक्रम बनाइएको उल्लेख गरे । उनले भने, “हामीले रोल्पाका स्थानीय तह, पर्यटकीय हिसाबले जलजला, सातदोबाटोमा रहेको रक गार्डेन जस्ता विषयलाई पाठ्यक्रममा समावेश गरेका छौं ।”

संघीयतामा गएसँगै स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम तयार गरेर लागू गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !