१४ बैशाख २०८१, शुक्रबार

विभिन्न जिल्लामा क्यान महासंघको शाखा विस्तार

प्रकाशित मिति :  25 January, 2021 10:42 am


काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल महासंघ(क्यान महासंघ)ले विभिन्न जिल्लामा आफ्नो जिल्ला शाखा विस्तार गरेको छ ।

जिल्ला विस्तार अभियान अन्तर्गत महोत्तरीमा बिक्रम रौनियारको संयोजकत्वमा जिल्ला कमिटी गठन भएको छ ।

केन्द्रीय उपाध्यक्षद्वय रञ्जित पोदार , खुसल रेग्मी , महासचिव नारायण थापा, सचिव भूपाल दास श्रेष्ठ प्रदेश अध्यक्ष आलोक चौरसिया , प्रदेश सल्लाहकार प्रविण शाह , सचिव धनन्जय महतो , धनुषा अध्यक्ष सन्जय कुमर साह ,पर्सा अध्यक्ष दिपक साह ,सर्लाही अध्यक्ष नरेश दास , बार अध्यक्ष गणेश शर्मा लगायतको सहभागितामा महोत्तरी शाखा गठन भएको हो ।

त्यस्तै सप्तरीमा पनि तदर्थ समिति गठन भएको छ । जसको संयोजकमा राजाराम प्रसाद यादव छन् भने सदस्यमा जयप्रकाश यादव,धर्म देव यादव, हरि बंस चौधरी,दिलिप चौधरी रहेका छन् । त्यस्तै प्रदेश १ को उदयपुरमा पनि तदर्थ समिति गठन भएको उपाध्यक्ष पोदारले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !