११ बैशाख २०८१, मंगलबार

ह्वावेमाथिको अमेरिकी नाकाबन्दीले एप्पललाई अवसर

प्रकाशित मिति :  29 January, 2021 2:17 pm


काठमाडौ । अमेरिकाले चिनियाँ कम्पनी ह्वावेमाथि आर्थिक नाकाबन्दी यता स्मार्टफोनको विश्वबजारमा एप्पललाई अवसर फेला परेको देखिएको छ ।

सन् २०२० मा एप्पलले स्मार्टफोन बजारमा दोस्रो ठूलो बिक्री हुने कम्पनीको हैसियत फेरि प्राप्त गरेको छ । पहिलो स्थानमा सामसङ कायम रहेको छ ।

साओमी ,ओपाे र भिभो अर्को तीन स्थानमा रहेको अनुसन्धान कम्पनी काउन्टरपोइन्ट रिसर्चले जनाएको छ ।

एक वर्ष अघि यही अनुसन्धान तथा विश्लेषण गर्ने कम्पनीले एप्पललाई उछिनेको जनाएको थियो ।अमेरिकाले लगाएको व्यापार नाकाबन्दीले हुवावेइलाई ठूलो चोट पु¥याएको देखिएको छ ।

सन् २०१९को तुलनामा सन् २०२०मा चिनियाँ कम्पनी हुवावेइ स्मार्टफोनका सिपमेन्ट २१ प्रतिशतले घटेको छ । ६ वर्ष यता पहिलो पटक यो वर्षको चौथो त्रैमासिकमा हुवावेइ पाँचौ स्थानमा नपरेको हो ।

तर पनि सन् २०२०मा हुवावेईले समग्ररूपमा हुवावेइले तेस्रो स्थानमा रहेको छ । हुवावेइलाई उसको घरेलु बिक्रीले यो स्थानमा रहन सहयोग गरेको छ ।

सन् २०२०मा द्रुतगतिमा स्मार्टफोन ब्रान्डको बृद्धि रियलमीले गरेको छ । सन् २०१९को तुलनामा ६५ प्रतिशत बढी सिपमेन्ट भएको छ ।
स्मार्टफोन सम्बन्धी अध्ययन गर्ने दुबै कम्पनी क्यानालिस र काउन्टरपोइन्टले बजारको हिस्सा गुमाउनेमा सामसङ रहेको छ । सन् २०१९को तुलनामा सन् २०२०माा सामसङले १४ प्रतिशतले सिपमेन्ट गुमाएको छ ।

सामसङलाई यो चुनौती एप्पल र हुवावेइ दुबैबाट मिलिरहेको छ । समग्रमा सन् २०१९ को तुलनामा स्मार्टफोनको बजार ओरालो लागेको अवस्थामा रहयो ।

 



प्रतिक्रिया दिनुहोस !