५ जेष्ठ २०८१, शनिबार

रहेनन् चलचित्र विकास बोर्ड अध्यक्ष भट्टराई

प्रकाशित मिति :  16 December, 2019 8:35 am


३० मंसिर, काठमाडौं।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति अकस्मात हृदयाघात भएपछि उनलाई राजधानीको चाबहिलस्थित ओम अस्पताल पुर्‍याइए पनि अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पारिवारिक स्रोतले जनाए अनुसार भट्टराइको आइतबार राति १० बजेर २० मिनेटमा निधन भएको हो ।

५१ वर्षीय भट्टराईले दर्जनाै चलचित्र निर्माण गएका थिए । निर्माता तथा कलाकारसमेत रहेका भट्टराईले पछिल्लो समय ‘यात्रा’ नामक फिल्म निर्माण गरेका थिए ।

चलचित्रहरु र टेलिसिरियलहरुमा समेत अभिनय गरेका भट्टराईले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘पाहुना, ‘कर्मयोद्धा’, ‘देवर बाबु’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका फिल्म निर्माण गरेका थिए ।

८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका भट्टराई तीन दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए। उनको शवलाई सोमवार पोस्ट्मार्टम गरिने जनाइएको छ ।

भट्टराईको एक छोरा र एक श्रीमती छन् ।



प्रतिक्रिया दिनुहोस !