२३ बैशाख २०८१, आइतबार

मुक्तिनाथ विकास बैंक र ‘वीच्याट पे’ बीच सम्झौता

प्रकाशित मिति :  31 January, 2021 4:32 pm


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट(पे’सँग साझेदारी गरेको छ । सम्झौतामा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापछि वीच्याट(पे मोबाइल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंकअन्तर्गतका मार्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । चीनमा निकै लोकप्रिय रहेको ‘वीच्याट(पे’मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक वा व्यापारीहरुले विभिन्न सामग्री तथा सेवा खरिदको भुक्तानी गर्न सक्नेछन् ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !