२४ बैशाख २०८१, सोमबार

एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

प्रकाशित मिति :  31 January, 2021 5:47 pm


काठमाडौं ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । संस्थाको १०२ औं संचालक समितिको बैठकले चार्टर्ड एकाउन्टेन्ट अधिकारीलाई नियुक्त गरेको हो ।

संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास सहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाको कार्य अनुभव रहेका स्वतन्त्र सञ्चालक अधिकारी बैंकिङ क्षेत्रसँग सम्बन्धित लेखनमा पनि सक्रिय रहदै आएका छन् ।

संस्थाको देशभर कुल एक सय २० शाखा कार्यालय रहेका छन् । करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुसम्म वित्तीय सेवा प्रदान गर्दै आइरहेको संस्थाको नारा ‘साथी संगै सवल बन्दै’ रहेको छ ।

एनआईसी एशिया लघुवित्त कर्णाली प्रदेशको जाजरकोटमा रजिष्टर्ड कार्यालय भएको संस्था हो । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेकोसंस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो ।

संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !