८ बैशाख २०८१, शनिबार

अल्का अस्पतालमा उपचार गर्न इसेवाबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने

प्रकाशित मिति :  31 January, 2021 6:08 pm


काठमाडाैं ।

ललितपुरस्थित अल्का अस्पताल प्रा.लिबाट सेवा लिनका लागि ई–अपोइन्टमेन्ट लिन सकिने भएकाे छ । अस्पतालले इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा ई–अपोइन्टमेन्ट सेवा सुरू गरेकाे हाे ।

अब अल्का अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत् अनलाइन अपोइन्टमेन्ट लिन पाइनेछ । अल्का अस्पतालका तर्फबाट सिओओ सिए दिपेन्द्र पोखरेल र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले याे सेवाका लागि सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउने तथा कोभिड १९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउने अस्पतालकाे अपेक्षा छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !