२२ बैशाख २०८१, शनिबार

मेरो माइक्रोफाइनान्सको नाफा ७१ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  1 February, 2021 1:09 pm


काठमाडौं । मेरो माइक्रोफाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको बित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १४ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गतवर्षको तुलनामा ७१.६४ प्रतिशतले बढी हो ।
संस्थाले गत बर्ष यो अवधिमा २४ करोड ९ लाख करोड रुपैयाँ रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष भने उत्त शिर्षकमा संस्थाले ३० करोड २६ लाख रुपैयाँ मुनाफा हासिल गर्न सफल भएको छ ।

गत वर्षको यो अवधिमा संस्थाले ३ अर्ब ५७ करोड रुपैयाँ सापटी लिई १ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो भने संस्थाले यो बर्ष ७ अर्ब २९ करोड रुपैयाँ सापटी लिई १० अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको उक्त कम्पनीले रिजर्भको आकार २८.८३ प्रतिशतले बढाएर ३४ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष रिजर्भमा २६ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी १९.१८ रुपैयाँबाट बढेर २८.१५ रुपैयाँ पुगेको छ भने पीईएस ३६.४२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३४.५४ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !