२१ बैशाख २०८१, शुक्रबार

भागरथी हत्याका दाेषी प्रकाउ नजिक : गृहमन्त्री

प्रकाशित मिति :  16 February, 2021 3:38 pm


काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषीको नजिक प्रहरी पुगेको दाबी गरेका छन्।

घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने पनि उनले प्रतिबद्धता जनाए।

सर्वोच्च अदालत नेपाल बारएशोसिएशन महिला समितीको नेतृत्वमा गृह मन्त्रालयमा आएका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले घटना छानबिनका लागि सरकार गम्भीर रहेकोसमेत बताए।

उनले विगतका घटनाबाट पाठ सिकेर अपराध अनुसन्धानलाई टुङ्‍गोमा पुर्‍याउने गरी छानविन प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
भागरथी हत्याकाण्डको घटना कञ्‍चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको पनि गृहमन्त्री थापाले बताए ।

महिला हिंसाका घटना रोक्न सरकार गम्भीर रहेको दोहोर्‍याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको बताए।

उनले महिला हिंसा, बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कडा कानुनी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए ।

महिला कानुन व्यवसायीका प्रतिनीधिहरुले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !