८ बैशाख २०८१, शनिबार

‘डिजिटल लर्निङ डे’ को अवसरमा ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम हुने

प्रकाशित मिति :  19 February, 2021 5:21 pm


काठमाडौं । यस वर्षको ‘डिजिटल लर्निङ डे’ को अवसरमा ‘डिजिटल शिक्षाका लागि सँगै’ लगायतका विभिन्न कार्यक्रम गरि मनाइने भएको छ ।

विश्वव्यापी रुपमा २०१२ को फेब्रुअरी देखि हरेका वर्ष मनाउन थालिएको डिजिटल लर्निङ दिवस यस वर्ष निमा एजुकेशन फाउन्डेसनको आयोजनामा ‘डिजिटल शिक्षाका लागि सँगै’ नारा सहित फेब्रुअरी २५ का दिन  होटल हिमालयमा मनाइने भएकाे छ ।

विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने शुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्न डिजिटल लर्निङ दिवस मनाइने निमा एजुकेशन फाउन्डेसनका सिइओ निश्चल प्रधानले बताए ।

“निमा एजुकेशन फाउन्डेशनले विगत २ वर्ष देखी डिजिटल सिकाइ दिवस शिक्षाविद, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ शुरू गरेका हौँ,” सिइओ प्रधानले भने, “शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसंग जोड्न, विचारलाई सेयर गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन हाम्रो यो एउटा प्रयास हो।” डिजिटल एजुकेशनकाे क्षेत्र अथाह भएका कारण  यस वर्षदेखी हामिले अन्य सम्वन्धीत संस्थाहरूसँग सहकार्य गरी  ‘डिजिटल लर्निङ डे’ मनाउन लागिएकाे उनले बताए ।

लर्निङ दिवसकाे अवसरमा डिजिटल लर्निङ डे इन एसोसिएसन विथ जिनियस क्लाउड एकेडेमी कार्यक्रममा विभिन्न विषयमा ‘प्यानल डिस्कसन’ तथा अन्तक्रिया कार्यक्रमहरू, ‘रिइमाजेनिङ डिजिटल एजुकेशन पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानलमा छलफल सञ्चालन हुने आयोजकले जानकारी दिए।

कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहने आयोजकले जानकारी दिए । डिजिटल शिक्षाको क्षेत्रमा काम गरिरहेका सरोकारवाला विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरू सहित एक सय जनाभन्दा बढीको सहभागिता हने आयोजकको अपेक्षा छ ।

डिजिटल लर्निङ डेखको अवसरमा २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा अन्य जानकारीमूलक सेसनहरू समेत आयोजना गरिएको छ ।

यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् भने जिनियस क्लाउड एकेडेमी सहकार्यकाे रूपमा रहेको र कारखाना सहयोगी संस्थाको रूपमा छ।

 



प्रतिक्रिया दिनुहोस !