१४ बैशाख २०८१, शुक्रबार

सस्तोडिलबाट किनमेल गर्दा एनआईसी एशिया बैंकका ग्राहकले १२ प्रतिशत नगद फिर्ता पाउने

प्रकाशित मिति :  28 February, 2021 2:07 pm


काठमाडौं । एनआईसी एशिया बैंकको कार्ड प्रयोग गरेर ई–कमर्श प्ल्याटफर्म सस्तोडिल मार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता पाइने भएको छन् ।

यो सुविधा हरेक शनिबार किनमेल गरी भुक्तानी ग्राहकले मात्र उपभोग गर्न किल्नेछ । नयाँ योजना अनुसार १२ प्रतिशत वा अधिकतम ५०० रुपैंया सम्म नगद फिर्ता प्राप्त गर्न सकिने बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।

बैंक र सस्तो बीचको समझदारी अनुसार २०७७ फाल्गुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले आफुलाई चाहिएको सामग्री किनमेल गरी फाइदा उठाउन सक्ने बैंकले जनाएको छ ।

योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिएका ग्राहकहरु सहभागी हुन सक्नेछन् ।

ग्राहकहरुले सामग्री खरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात दिनपछि बैंकले फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने भएको छ ।

यसका लागि ग्राहकहरूले बैंकको आईसर्भिस डिजिटल सेवामा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुचारु गरी अनलाईन भुक्तानी गर्न सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस !