गत भदौमा सम्पन्न नाडा अटो शोबाटै यसको बुकिङ प्रारम्भ भएको थियो । अब त्यही बुकिङ गरेका ग्राहकलाई प्राथमिकता दिएर गाडी उपलब्ध गराउने कन्टिनेन्टलको भनाइ छ । यसको मूल्य ४९ लाख ९० हजार रुपैयाँ देखि ८० लाख रुपैयाँ सम्म तोकिएको छ । एचटीके, एचटीके प्लस, एचटीएक्स र एचटीएक्स प्लस गरी चार भेरिएन्टमा यो कार नेपाली बजारमा उपलब्ध हुनेछ । यो १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

सेल्टोसमा १० इन्च स्क्रिन, बोस म्युजिक सिष्टम, फ्रन्ट र ब्याक एलईडी लाइट, एयर प्युरिफायर, डी–कट स्टेयरिङ, यूभी ग्लास जस्ता विशेषता छन् । यी विशेषता यही सेगमेन्टका अन्य ब्रान्डमा छैनन् ।

भारतमा गत अगस्टमा ययसको बिक्री शुरु गरिएको थियो । लन्च भएको पहिलो महिनामै आफ्ना सेगमेन्टको एसयूभी पारखीमाझ सेल्टोस निकै नै लोकप्रिय बनेको थियो ।

नेपालमा किया सेल्टोसको प्रतिस्पर्धा हुन्डाई क्रेटा, निसान किक्स र जिप कम्पाससँग हुनेछ ।

कन्टिनेन्टले विगत ३० वर्ष देखि नेपालमा कियाका गाडीहरु बिक्री–वितरण गर्दै आएको छ । आगामी दिनमा भारतमा निर्मित अन्य मोडल समेत नेपाली बजारमा उपलब्ध गराउने कन्टिनेन्टलका प्रमुख सुहृद घिमिरेले बताए ।