२० बैशाख २०८१, बिहिबार

उत्पादन प्रणाली परिवर्तन हुन नसक्दा देश अगाडी बढ्न सकेन: कृषि मन्त्री थापा

प्रकाशित मिति :  12 March, 2021 8:07 pm


पोखरा ।

गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले समग्र उत्पादन प्रणाली परिवर्तन हुन नसक्दा देश अगाडी बढ्न नसकेको बताएका छन् ।

शुक्रवार पोखरास्थित शांग्रिला भिलेजमा आयोजित नेपाल डेरी एसोसियसनको १२ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापामगरले देशमा पूँजीको विकास हुन नसक्दा उत्पादनमा परिवर्तन हुन नसकेको तथा पुरानै टुक्रो उत्पादन प्रणालीमा गएको हुँदा देश अघि बढ्न नसकेको तर्क गरेका हुन् ।

चुनौतीक बावजूत पनि आफूसँग भएको सिमित पूँजी तथा ब्याजको पैसाले उद्योगमा लगानी गर्नुभो राष्ट्रिय पूँजीमा अर्थतन्त्र निमार्णका निम्ती अहम भूमिका निर्वाह गरेको भन्दै उनले उद्योगीहरुलाई धन्यवाद व्यक्त गरे।

”तपाईहरु जस्ता नेपालमा व्यवसाय गरी कमाएको पैँसाले नेपालमा नै लगानी गर्नेलाई राष्ट्रले सम्मान गर्नुपर्छ” उनले भने।  उनले केन्द्रदेखि स्थानीय तहसम्मले समृद्धिका निम्ति सरकारले सहयोगको पहलकदामी लिने बताए ।

डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले किसानको गोठदेखि उपभोक्ताको ओठसम्म दुधजन्य पदार्थ पुग्दासम्म धेरै क्षेत्र जोडिने हुँदा सरकार लचक भए किसान र व्यवसायी टाँट पल्टने अवस्था नआउने बताए । उनले सरकारले सहयोगको सुनिश्चित गरे उत्पादन बढ्ने बताए ।

केन्द्रीय दूध सरकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले किसान र उद्योगीको समस्या एउटै डुंगामा भएका कारण त्यो डुंगा सबै मिलेर बचाउनुपर्ने बताए । उनले दैनिक करिव ९ लाख लिटर दुधबाट ५ करोड रुपैया सहरबाट गाउँ जाने जानकारी दिए ।

डेरी उद्योग संघको साधारणसभा सम्पन्न, स्वदेशी उत्पादन प्रर्वद्धनमा जोड



प्रतिक्रिया दिनुहोस !