१४ माघ २०७९, शनिबार

गुगलले सिप खाडल पुर्न अनलाइन प्रमाणपत्र कार्यक्रम ल्याउँदै

प्रकाशित मिति :  14 March, 2021 3:36 pm


काठमाडौ । प्रविधि क्षेत्रको सिप खाडल पुर्न गुगलले अनलनाइन प्रमाणपत्र कार्यक्रम गुगल क्यारियर सर्टिफिकेटको घोषणा गरेको छ ।डेटा विश्लेषण, प्रोजेक्ट व्यवस्थापन र उपभोक्ता अनुभवको क्षेत्रमा अभाव हुने सिप खाडलक पुर्न यो कार्यक्रम सार्वजनिक गरेको हो ।

गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले केही देशमा रोजगारदाताहरूलाई तिनका जनशक्तिलाई दक्षता अभिवृद्धि गराउने समस्या समाधान गर्न यो अनलाइन प्रमाणपत्र कार्यक्रम ल्याइएको आफ्नो ब्लग पोस्टमा सार्वजनिक गरेका छन् ।

व्यवसायहरूले डिजिटल बाटो अपनाउन थालेयता सन् २०२५सम्म पचास प्रतिशत कामदारलाई पुनः दक्ष बनाउनुपर्ने आवश्यकता हुने अनुमान गरिएको छ । गुगलका अनुसार ८२ प्रतिशत स्नात्तकहरूले यी कार्यक्रमहरू ६ महिना भित्र उनीहरूको स्तरोन्नति गर्न सहयोग पुगेको बताएका छन् ।

पिचाईले भने “ हामीले नयाँ एसोसिएट एन्ड्रोइड डिभलपर सर्टिफिकेसन ल्याइरहेका छौं । यसले सिकारूहरूलाई नयाँ स्तरको रोजगारीमा प्रवेश गर्न सहयोग पु¥याउने छ ।”

विश्वव्यापीरूपमा गुगलले युरोप,मध्यपूर्व र अफ्रिकामा क्यारियर सर्टिफिकेटका लागि १ लाख छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । भारतमा हामीले रोजगारदाताको कन्सोर्टियमको माध्यमबाट यो कार्यक्रमको विकास गरिरहेको पिचाईले जनाए ।

गुगलले भारतमा सिप विकासमा जोड दिएर कार्यक्रम गर्दै आएको छ । गत वर्षले इन्डिया डिजिटाइजेसन फन्डका लागि १० अर्ब अमेरिकी डलरको घोषणा गरेको थियो । यसले भारतको डिजिटल इकोनोमीलाई पाँच देखि ७ वर्षसम्मका लागि सहयोग पु¥याउने विश्वास गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !