१५ बैशाख २०८१, शनिबार

आवश्यक टेलिफोन नम्बर अब टेलिकमको वेबसाइटबाटै थाहा पाउन सकिने

प्रकाशित मिति :  22 December, 2019 3:33 pm


काठमाडौं, ६ पुस

नेपाल टेलिकमको वेबसाइटबाटै अब कुनै पनि व्यक्ति तथा संस्थाका टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।

थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरू पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको छ ।

नेपाल टेलिकमको वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । यसका लागि टेलिकमको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरीऽ संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !