२१ बैशाख २०८१, शुक्रबार

ओपो एफ १९ प्रो नेपालमा सार्वजनिक

प्रकाशित मिति :  17 March, 2021 6:49 pm


ओपो एफ १९ प्रोबाट सेल्फी लिंदै नायिका स्वस्तिमा खड्का ।

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी ओपोले नेपालमा एफ १९ प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । नयाँ फिचर्सहरुका साथ एफ सिरिजको नयाँ फोन एफ १९ प्रो बजारमा ल्याइएको हो ।

एफ १९ प्रोमा चार वटा रियर र एक सेल्फी क्यामरा रहेको छ । फोनमा ४८ मेगापिक्सलको मुख्य रियर म्यामरा रहेको छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको मोनो लेन्ससहितको क्यामेरा सेटअप छ ।

फोनमा ३२ एमपी फ्रण्ट क्यामेरा रहेको छ । क्यामरामा दुुई दृष्य एकै पटक कैद गर्न सघाउने डुअल–भ्यू भिडियो फिचर पनि राखिएको छ । जसको सहायताले एकैसाथ फ्रण्ट र रियर क्यामेरा मार्फत भिडियो खिच्न सकिन्छ ।

फोनमा ०.५५ एमएम मोटाई सहितको ब्याट्री कभर र स्क्रिनबाट ताप फ्याक्नका लागि स्लिम ०.१ एमएम ग्राफाइट प्लेटको प्रयोग गरिएको छ ।

ओपो एफ १९ प्रोमा ९०.८% स्क्रिन टू–बडी रेसियो र ईन–डिस्प्ले फिंगरप्रिन्ट ३.० सहितको चहकिलो ६.४३ ईञ्च पञ्च होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ ।

तिब्र गतिको चार्जिङ सुविधाका लागि ३० वाट भोक फ्ल्याश चार्ज ४.० प्रविधिकासाथ ४३१० एमएएच क्षमताको ब्याट्री राखिएको छ । एफ १९ प्रोमा अल–डे स्मार्ट पावर सेभिङ फिचरपनि छ । यसमा रियल एचडी साउण्ड रहेको छ ।

यस फोनले डक्यूमेन्ट्स शेयरिङमा सहजताका लागी नियरबाई शेयरिङ फिचर दिइएको छ । यसको माध्यमबाट नजिक रहेका अन्य ओपो प्रयोगकर्ताहरुलाई सिधै डक्यूमेन्ट्स शेयर गर्न सकिन्छ ।

ओपो एफ १९ प्रो, फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी दूई आकर्षक रंगमा उपलब्ध हुनेछन् । ८ जीबी ¥याम र १२८ जीबी स्टोरेज सहितको एफ १९ प्रोको मूल्य ४४ हजार ९ सय ९० तोकिएको छ ।

ओपो ब्याण्ड स्टाइल पनि सार्वजनिक गरिएको छ । ओपो ब्याण्ड स्टाइलको मूल्य भने ५ हजार ५ सय ९९ रहेको छ । ओपो ब्याण्ड स्टाइलपनि नेपाली बजारमा मार्च २३ देखि नै उपलब्ध हुनेछ । नेपाली बजारमा एफ १९ पनि चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !