२७ मंसिर २०८२, शनिबार

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको उपचारका क्रममा निधन

प्रकाशित मिति :  30 March, 2021 11:13 am


काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको उपचारका क्रममा निधन भएको छ ।

मोहन्याल-६ सोल्टास्थित आफ्नै निवासमा ४ दिनअघि एक्कासी बेहोस भएका रावलको काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । लामो समयदेखि रक्त चापबाट पीडित थिए ।

उनको ब्रेन हेमब्रेज भएको थियो । मस्तिष्कमा रक्तश्राव भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

काठमाडौंमा निधन भएका रावलको अन्त्यष्टि भने कैलालीमै हुने उनका छोरा तपेन्द्र रावलले जानकारी दिएका छन् । नेकपा एमालेको केन्द्री‍य सल्‍लाहकार समिति सदस्‍य समेत रहेका रावल गत निर्वाचनमा एमालेकै तर्फबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !