१६ चैत्र २०८०, शुक्रबार

थबाङ गाउँपालिकामा गाउँपालिकास्तरीय पहिलो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

प्रकाशित मिति :  31 March, 2021 1:46 pm


रोल्पा। रोल्पाको थबाङ गाउँपालिकामा गाउँपालिकास्तरीय पहिलो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका स्थापना भएदेखि थबाङ गाउँपालिकाले पहिलो पटक राष्ट्रपति रनिङ शिल्डको आयोजना गरेको हो ।

शिल्डको थबाङ गाउँपालिका वडा नम्बर १ मा रहेको बिर बलभद्र नमुना माध्यामिक विद्यालयमा प्रदेशसभाका सदस्य दिपेन्द्रकुमार पुन र थबाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

प्रतियोगितामा गाउँपालिकका भरका ३ माध्यामिक र ३ वटा आधारभूत गरी ६ वटा विद्यालयले सहभागिता जनाएका छन् । आधारभूत विद्यालयमा दुई सामुदायिक हुन भने एउटा संस्थागत विद्यालय हो ।

२० गतेसम्म चल्ने सिल्डमा भलिबल, कबड्डी, तेकान्दो र एथ्लेटिक्स अन्तर्गतका खेलहरु सञ्चालन हुने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धनबहादुर ओलीले जानकारी दिएका छन् । उनका अनुसार एथ्लेटिक्सअन्तर्ग १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटरका दौड प्रतियोगिता हुनेछन् ।

यसैगरी रिलेमा ४ इन्टु १००, ४ इन्टु ४०० मिटरको दौडसँगै फिल्डतर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यब्लिङ थ्रोलगायत खेलहरु सञ्चालन गरिने शाखाप्रमुख ओलीले बताए ।

यसैगरी आधारभूतर्फ हाजिरीजवाफसँगै छात्र कबड्डी, छात्रछात्रा भलिबल प्रतियोगिता सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !